इक्वेडरमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु

विश्व

दक्षिणी इक्वेडरको एन्डीज पर्वतीय क्षेत्रमा बुधबार एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका इक्वेडरको आपतकालीन सेवाले जनाएको छ ।
उनले भनेका छन्, “नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले घाइतेको आधिकारिक सङ्ख्यालाई सङ्कलन गरिरहेको छ,” सेवाले यात्रुहरूको सङ्ख्या निर्दिष्ट नगरी एक विज्ञप्तिमा जनाएको छ ।
घाइतेहरुलाई रियोबाम्बा र कोल्टास्थित स्वास्थ्य केन्द्रमा लगिएको छ ।
इक्वेडरमा सन् २०२५ को जनवरीदेखि मे महिनासम्म सडक दुर्घटनाका कारण ५६५ भन्दा बढीको मृत्यु भएको छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा सडक दुर्घटनामा परी दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट