`

नेपाल–बङ्गलादेश ‘रग्बी सिरिज’ भदौ अन्तिम साता

Nepal One HD १५ भदौ २०८२ १८:११
खेलकुद

नेपाल–बङ्गलादेश ‘रग्बी सिरिज’ भदौ अन्तिम साता

काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बङ्गलादेश अन्तराष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले सिरिजमा रग्बी ‘सेभेन’ मा दुई र ‘फिफ्टिन’ मा एक खेल हुने जानकारी दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सिरिजअन्तर्गत यही भदौ ३० मा रग्बी सेभेन र ३१ मा फिफ्टिनको खेल खेलाइने छ ।

सिरिजको पहिलो संस्करण सन् २०२२ मा बङ्गलादेशको ढाकामा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *