दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई मजबुत बनाउँछः उपाध्यक्ष पाण्डे


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताएका छन् ।
सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उनले दलभित्र लोकतन्त्रको व्यवहारिक अभ्यास नभएसम्म सिङ्गो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गरे ।
“दुई–चार जना नेताले इच्छाएको भरमा पार्टीभित्रको एउटालाई तान्ने र अर्कालाई नतान्ने पद्धति ठीक हैन । आन्तरिक स्वतन्त्र प्रतिस्पर्धाले पार्टीलाई कुनै नोक्सान भएको म देख्दिनँ”, उनले भने, “प्रतिस्पर्धाले पार्टी र पार्टीका सङ्गठनहरु कमजोर हुँदैनन्, यसले पार्टीलाई अझ मजबुत बनाउँछ । पार्टीको र व्यक्तिहरुको सक्रियता बढाउँछ ।”
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अबको समय र सन्दर्भमा सर्वहारा वर्गको अधिनायकत्वका नाममा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अधिनायकत्व हुने व्यवहारत अभ्यास टिकाउ नहुने तर्क राखेका थिए। उनले सन् १९९० मा सोभियत सङ्घको विघटनबारे चर्चा गर्दै अन्तरराष्ट्रिय अनुभवलाई ध्यानमा राखेर पार्टीभित्र लोकतान्त्रिकीकरणबारे सचेत गराए ।
उपाध्यक्ष पाण्डेले दलभित्र लोकतान्त्रिकीकरणको विषय नेकपा(एमाले)को आन्तरिक मामिला मात्र नभई मुलुककै लोकतान्त्रिक अभियानको महत्वपूर्ण मुद्दाका रुपमा बुझ्न आग्रहसमेत गरे ।
उनले पार्टीको आगामी अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता र पार्टीको नेतृत्व दोहोरिने विषयमा छलफल गर्ने बताए । “दश वर्षसम्म कुनै एक व्यक्तिलाई कुनै एक जिम्मेवारीमा दिएपछि त्यो उसको क्षमता छभने त्यो दशै वर्षमा प्रकट हुन्छ । त्यसका लागि २० वर्ष कुर्नु पर्दैन वा १५ वर्ष कुर्नु पर्दैन”, उनले भने, “अबको विधान