`

सुन्तलामा फल झर्ने रोग देखियो, चिन्तामा किसान

Nepal One HD १८ भदौ २०८२ १५:०४
समाचार

भोजपुर ।  फल खस्ने रोग देखिएपछि यहाँका सुन्तला किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।

सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए ।

गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ । सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताइन् । फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ । गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ ।

भुइँमा झरेको सुन्तलाको दाना काटेर हेर्दा कुनै पनि किरा नरहेको अर्का किसान तीर्थ प्रधानले बताए । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *