`

एएफसी यू–२३ एशियन कप छनोट : नेपाल समूह चरणबाटै बाहिरियो

Nepal One HD २२ भदौ २०८२ ७:०९
खेलकुद

काठमाडौँ । नेपाल एएफसी २३ वर्षमुनिको एशियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल हिजो सिरियासँग पराजित भयो ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४–२ गोलले पराजित भएको हो । नेपालका निराजन धामी र सुमित श्रेष्ठले समान एक गोल गरे । सिरियाका अलि अलरिना, महमूद नायेफ, महमूद अलासवाद र मोहम्मद अलमुस्तफाले समान एक गोल गरे । लगातार दुई खेलमा पराजित नेपाल अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

लगातार दुई खेलमा जीत निकालेको सिरिया ६ अङ्कसहित शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो । यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् । नेपालले पर्सि फिलिपिन्ससँग खेल्नेछ । छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्ने छन् । समूहको शीर्ष स्थानमा रहने र चार उत्कृष्ट उपविजेता साउदी अरबमा अर्को वर्ष हुने एएफसी २३ वर्षमुनिको एशियन कपमा छनोट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *