बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते बस्ने

राजनीति

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते अपराह्न १ः०० बजे बस्ने भएको छ ।
सोही दिन बिहान ११ः०० बजे प्रदेशसभा सचिवालयमा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बसी अपराह्न बस्ने प्रदेशसभाको बैठकका लागि कार्यसूची तयार गर्ने र सदस्यहरुलाई बैठकमा बोल्ने समय निर्धारण गर्नुको साथै सचिवालयमा दर्ता रहेका दुई वटा विधेयकमाथि छलफलका लागि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
प्रदेशसभाको यही भदौ १७ गते बसेको बैठकमा सभामुख पाठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट