भोलीदेखि नै सुरक्षा पन्तको कोशेढुङ्गा हलमा लाग्ने


काठमाडौं । सर्वकालिन सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’ को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाउने भएको छ ।
प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखी मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरु बन्द भएसङै ुकोशेढुङ्गाु को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरु संचालनमा आएसङै कोशेढुङ्गाको प्रदर्शनले निरन्तरता पाएको हो ।
राम्रो ुवर्ड अफ माउथु पाइरहेका बेला हल बन्द भएपछि प्रदर्शन रोकिएको सिनेमाले अब पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माणपक्ष विश्वस्त छ ।
निर्देशक पौडेलले सुरुमा जस्तै दर्शकबाट ुकोशेढुङ्गाु ले अब पनि सकारात्मक प्रतिक्रिया पाउनेमा आफू आशावादी रहेको बताए । ूहाम्रो चलचित्रलाई हेर्ने दर्शकले राम्रो भन्नु भएको छ,ू उनले भने, ूअब पनि दर्शकको उत्तिकै साथ र सहयोग पाउनेमा हामी आशावादी छौँ ।ू
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ुकोशेढुङ्गाु ले देशभरबाट बलियो ुवर्डअफ माउथु पाइरहेका बेला निर्माता, निर्देशक र कलाकार मोफसलका दर्शक भेट्न विभिन्न स्थान पुगेका थिए । देशका विभिन्न सहरका दर्शकले चलचित्र राम्रो भएको प्रतिकृया दिइरहेको अवस्थामा आफुहरु ठूलो सङ्ख्यामा दर्शकले चलचित्र हेर्नेमा आशावादी रहेको निर्माता किशोर अनुरागले बताए ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रका लेखक पनि सरोज पौडेल नै हुन । चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमको अभिनय रहेको छ । सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतले पनि चलचित्रमा अभिनय गरेका छन ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।चलचित्रको गीतमा खेम सेञ्चुरी, आशिष अविरल र रिदम कँडेलले संगीत दिएका छन ।