`

अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं : योगेश भट्टराई

Nepal One HD १ असोज २०८२ १७:५७
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताए । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
‘अब हामीले अलि नयाँ ढंगले जाने संकल्प गरेका छौं । पर्सी परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रुपमा देशभर मनाउने छौं,’ भट्टराईले भने, ‘साथै लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौं।’

जेन–जी पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी गराए । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतक दलहरुबीच सहानुभूति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।

‘जुन ढंगले संरचनाहरू क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदैछौं । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरु दलहरुका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ। हिजो हामीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौं,’ उनले भने, ‘आज कांग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरूबीच सहानुभुति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देशभरी जहाँपनि संरचनाहरू जलेका छन् । त्यसका लागि दुःख र सहानुभुति व्यक्त गर्दर्छौं ।’ बुधवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरूको अवलोकन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *