`

प्रतिघण्टा स्थिति बिग्रँदै, विस्थापनले नागरिक सुरक्षा सुनिश्चित गर्दैन: राष्ट्रसङ्घ

Nepal One HD २ असोज २०८२ १८:०३
विश्व

संयुक्त राष्ट्रसङ्घले गाजाको स्थिति प्रत्येक घण्टा बिग्रँदै गएको चेतावनी दिँदै नागरिकहरूको तत्काल सुरक्षाका लागि आह्वान दोहो¥याएको छ । यसले विस्थापन आदेशले कब्जा गर्ने पक्ष, विशेष गरी इजरायललाई नागरिक सुरक्षा गर्ने जिम्मेवारीबाट मुक्त नगर्ने स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार, गाजाको अल–रान्तिसी बाल अस्पताल दुई दिनअघि भएको हवाई आक्रमणमा क्षतिग्रस्त भएको छ । यसबाट आधा बिरामी र हेरचाह गर्ने व्यक्तिहरूलाई असहज अवस्थामा पारेको छ ।

मानवीय साझेदारहरूले मार्चमा युद्धविराम समाप्त भएदेखि ८० वटा चिकित्सा सुविधा र प्राथमिक स्वास्थ्य केन्द्र क्षतिग्रस्त भएको पुष्टि गरेका छन् । तीमध्ये ६५ सेवा हाल बन्द छन् । गाजाको दक्षिणी क्षेत्रमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने तीन सहायता केन्द्र स्थापना गरिएको छ । यद्यपि, प्यालेस्टिनी टेलिकम कम्पनीले बुधबार राति गाजामा इन्टरनेट पूर्ण रूपमा बन्द भएको रिपोर्ट गरेको छ । इन्टरनेट बन्द हुँदा बासिन्दा र मानवीय कार्यकर्तालाई महत्त्वपूर्ण जानकारी प्राप्त गर्न रोक लगाएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय साझेदारहरूले भारी गोलाबारीले गाजाका मानिस, विशेष गरी बालबालिका, अनाथ र घाइतेहरूमा पीडा बढाइरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *