`

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु

Nepal One HD ३ असोज २०८२ १४:५२
विश्व

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान–अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो । विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो ।

चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी) का प्रमुख गफूर उर रहमानले शिन्ह्वालाई जानकारी दिँदै भने,“घाइतेको अवस्था अत्यन्तै गम्भीर छ ।”
विस्फोटको कारणबारे अहिलेसम्म यकिन विवरण प्राप्त नभए पनि सुरक्षा बलहरूले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान सुरु गरिसकेका छन् । हालसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

यस घटनापछि मुलुकका शीर्ष नेताहरूले दुख प्रकट गरेका छन् । प्रधानमन्त्री शहबाज शरिफले विस्फोटको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनले दोषीहरूलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री शरिफले भने,“बलुचिस्तानलाई अस्थिर पार्ने प्रयासहरू कहिल्यै सफल हुन दिने छैनौं । दोषीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *