जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन

राजनीति

कैलाली, ३ असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरू सञ्चालन गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
कर्मचारी तथा विकास साझेदारहरूसँग आज यहाँ एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उहाँले जस्तोसुकै विषम परिस्थितिमा जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।
जेनजी प्रदर्शनमा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध छ । यसअघि मुख्यमन्त्री शाहले क्षतिग्रस्त विभिन्न मन्त्रालयसहित २९ वटा कार्यालयको निरीक्षण गर्नुभएको थियो ।
—
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट