`

इन्डो–प्यासिफिक स्थिरताका लागि कोरिया–जापानसँगको त्रिपक्षीय साझेदारी ‘महत्त्वपूर्ण’ : अमेरिका

Nepal One HD ७ असोज २०८२ १७:०६
विश्व

न्युयोर्क । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले न्युयोर्कमा एसियाली समकक्षीहरूसँगको वार्तामा इन्डो–प्यासिफिकमा शान्ति र स्थिरताका लागि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सम्बन्ध ‘महत्त्वपूर्ण’ रहेको बताएका छन् ।

रुबियोले दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानी विदेशमन्त्री ताकेसी इवायासँग संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भएको त्रिपक्षीय बैठकपछि सामाजिक सञ्जालमा सो टिप्पणी गरेका हुन् ।

उनले भने, “हाम्रो त्रिपक्षीय साझेदारी इन्डो–प्यासिफिकमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न र आर्थिक तथा सुरक्षा सहयोग अगाडि बढाउन महत्त्वपूर्ण छ ।”

उक्त वार्ता वासिङ्टन, सियोल र टोकियोले उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र कार्यक्रमबीच सहकार्य गहिरो बनाउन जारी राखिरहेका बेला सम्पन्न भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *