`

अमेरिकी कर वृद्धिले बाल्कन क्षेत्रको अर्थतन्त्र प्रभावित हुने : इबिआरडी

Nepal One HD ९ असोज २०८२ २१:०९
विश्व

दक्षिणपूर्वी युरोपको आर्थिक वृद्धिमा आगामी वर्ष अमेरिकी करवृद्धि, चीनसँगको बढ्दो प्रतिस्पर्धा र सरकारी बजेटको दबाबको प्रभाब देखिने युरोपको विकास बैङ्कले बिहीबार पूर्वानुमान गरेको छ ।

युरोपेली पुनर्निर्माण तथा विकास बैङ्कले सन् २०२६ मा आफ्ना सबै क्षेत्रहरूको लागि आफ्नो वृद्धिको पूर्वानुमानलाई घटाएको छ । बैङ्कले पहिलो पटक केही उप–सहारा अफ्रिकी देशहरूलाई ध्यानमा राखेको छ।

युरोपेली पुनर्निर्माण तथा विकास बैङ्कले यस वर्ष वृद्धिको अपेक्षालाई थप संशोधन गर्दै सामान्य बढाएको छ ।

“सबैले सोचिरहेको पहिलो दबाबको बिन्दु भनेको अमेरिकी बजारमा पहुँच हो,” इबिआरडीका प्रमुख अर्थशास्त्री बिटा जाभोर्सिकले एएफपीसँग भन्नुभयो ।

इबिआरडीले सन् २०२५ मा आफ्नो लगानीका क्षेत्रहरूमा ३.१ प्रतिशतको वृद्धिको अनुमान गरेको छ, जुन मे मा गरिएको ३.० प्रतिशतको अनुमानभन्दा अलि बढी हो।

यद्यपि, अर्को वर्षको अपेक्षित ३.३ प्रतिशतको वृद्धि सुरुमा अनुमान गरिएको वृद्धिदरको प्रक्षेपणभन्दा कमजोर हो । रोमानिया र बाल्कन देशहरूले यसलाई कमजोर पारेको बताइएको छ।

इबिआरडीको स्थापना मध्यपूर्व र उत्तर अफ्रिकामा आफ्नो पहुँच विस्तार गर्नु अघि पूर्व सोभियत समूह राष्ट्रहरूलाई खुला बजार अर्थतन्त्र अँगाल्न मद्दत गर्न सन् १९९१ मा भएको थियो।

बिहीवार यसले रूससँगको युद्धको बीचमा युक्रेनको अर्थतन्त्र बैङ्कको अघिल्लो अनुमानको तुलनामा २.५ प्रतिशतको वृद्धिका कारण यस बर्ष अपेक्षा गरेभन्दा बढी सुस्त हुने पूर्वानुमान गरेको छ ।

यस वर्ष रूसको कुल गार्हस्थ उत्पादनको लागि पूर्वानुमान इबिआरडीले संशोधित गरेको १.३ प्रतिशतभन्दा पनि कम कायम हुने बताइएको छ ।

“युद्धको बाटो, ऊर्जा सुरक्षा र निरन्तर अन्तर्राष्ट्रिय समर्थनमा निर्भर युक्रेनको आर्थिक दृष्टिकोण अत्यधिक अनिश्चित रहेको अनुमान गरिएको छ,” इबिआरडीले उल्लेख गरेको छ।

समग्रमा, इबिआरडी देशहरूबाट अमेरिकामा निर्यात राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिको कारण घट्ने अनुमानमा गरिएको भएपनि वर्षको पहिलो त्रैमासिकमा बढेको छ तर दोस्रो त्रैमासिकमा घटेको छ।

“यी औसत दरहरूले देशहरू बीचको धेरै भिन्नताहरू लुकाउँछन्,” जाभोर्सिकले भन्नुभयो । उदाहरणका लागि, कजाखस्तानले संयुक्त राज्य अमेरिकामा चाँदी र सुनको निर्यात बढाएको छ भने हङ्गेरीले औषधि र कम्प्युटरको ढुवानीबाट फाइदा उठाएको छ।

इबिआरडीले निर्यात बजारमा चीनबाट बढ्दो प्रतिस्पर्धा र सरकारी बजेटमा सीमित वित्तीय गतिविधिहरूमसँग सम्बन्धित दबाबहरू पनि उद्धृत गरेको छ।

आर्थिक समूह ओइसिडीले मङ्गलबार भनेको छ, “ट्रम्पको कर नीतिको प्रभावलाई अवशोषित गरेपछि यस वर्ष विश्व अर्थतन्त्र अपेक्षा गरिएको भन्दा बढी वृद्धि हुनेछ, तर पूर्ण प्रभाव अनिश्चित रहेको चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *