`

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिको मौसम कस्तो रहला ?

Nepal One HD १५ असोज २०८२ ७:०१
प्रमुख खबर

काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।बुधबार राति सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *