`

ललितपुरका सीडीओले गरे चोभार गल्छी निरीक्षण, सतर्कता अपनाउन ‘माइकिङ’

Nepal One HD १७ असोज २०८२ १५:४६
बिशेष

काठमाडौं । केही दिन भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारी बर्षा हुने प्रक्षेपण गरेपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरुले चोभार गल्छी निरीक्षण गरेका हुन् ।

नख्खु खोला, बागमती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरीक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे । तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा बन्द गरिएको उनले जानकारी दिए ।

जिल्लाको बागमती गाँउपालिकालगायत दक्षिणी भू–भागमा बाढि पहिरोको खतरा रहेकाले जोखिमयुक्त स्थानभन्दा अलि टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धित पालिकालाई पत्राचार गरिसकेको ललितपुर प्रशासनले जनाएको छ । प्राकृतिक बिपद् न्यूनिकरणका लागि आवश्यक सवै सुरक्षा तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन् । उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *