`

जनकपुर रुपेठा हिन्दू मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय

Nepal One HD २० असोज २०८२ १८:१३
राजनीति

जनकपुर । विगत केही दिनदेखि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० रुपेठमा भइरहेको हिन्दू र मुस्लिम समुदायबीचको विवादमा सर्वपक्षीय बैठकले तत्काल केही निर्णयहरु गरेको छ ।सोमबार (आज) जनकपुरधामस्थित अधिकृत संगमको सभा हलमा बसेको सर्वपक्षीय बैठकले रुपेठामा भइरहेको हिन्दु र मुस्लिम समुदायबीचको विवादको सामाधानका लागि विभिन्न निर्णयहरु गरेको छ ।

बैठकपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रुपेठामा रहेको मुख्य विवादको जड तेलीया पोखरीमा नगरपालिकाको मात्र अधिकार रहने बताए ।

मेयर साहले तेलीया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यकरण गर्ने बताए ।बैठकले रुपेठमा भएको हिन्दू र मुस्लिम समुदायबीचको विवादमा ढुंगामुढा गर्ने, घर जलाउने, सिसाको बोतल फ्याल्ने लगायतमासंलग्न सबै जनालाई पक्राउ गरी कानुन बमोजिम सय दिइने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *