नेपालले कतारलाई १६ रनले हरायो

बिशेष

काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा दोस्रो वार्म अप खेलमा नेपालले कतारलाई १६ रनले हराएको छ ।
सोमबार बेलुका भएको खेलमा नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । खेलमा मुहम्मद तनभिरले ५१, कप्तान मिर्जा बेगले ४० रन बनाएका थिए। यस्तै करण केसीले ३ विकेट लिएका थिए भने नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए ।
रनतर्फ नेपालका लागि आसिफ शेखले सर्वाधिक ६१ रन, कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन र कुशल मल्ल १० रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट