कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ ।उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको हो ।
बैठकमा सहभागीहरुले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राख्दै आएका छन् ।त्यस्तै, आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि छलफल गरिनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट