कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

राजनीति

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए। मंगलबार क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस चलेको थियो। तर, बहस नसकिएपछि उनलाई हिरासतमै फर्काएर आज पनि थुनछेक बहस भएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको