`

रुसद्वारा सन् २००८ को युद्धका लागि जर्जियालाई क्षतिपूर्ति दिन अस्वीकार

Nepal One HD २९ असोज २०८२ १९:३३
विश्व

रूसले जर्जियालाई सन् २००८ को युद्धपछि गरेको सम्झौताको कथित उल्लङ्घनका लागि करिब ३० करोड डलर तिर्न युरोपेली अदालतको आदेशको पालना नगर्ने क्रेमलिनले बुधबार जनाएको छ।सन् २००८ मा तिक्लसीले मस्को समर्थक पृथकतावादी शक्तिविरुद्ध अचानक आक्रमण गरेपछि रुसले जर्जियाका गाउँहरूमा आक्रमण गरेको बताएको थियो।

तिबिलिसीका अनु्सार त्यसबेलादेखि रूसले उत्तरी र पश्चिमी जर्जियाको लगभग २० प्रतिशत क्षेत्रहरू कब्जा गरी आफुप्रति निष्ठावान् स्थानीय सरकारहरू स्थापना गरेको छ । यसले जातीय जर्जियाली नागरिकहरूको फिर्तीलाई रोकेको छ।

रूस समर्थक स्थानीय सरकारले प्रभावित क्षेत्रका विद्यालयहरूमा जर्जियाली भाषाको शिक्षणमा पनि रोक लगाएको जर्जियाली सरकारले दावी गर्दै आएको छ। मङ्गलबार मानवअधिकारसम्बन्धी युरोपेली अदालतले जर्जियाको उजुरीलाई समर्थन गर्दै मस्कोलाई क्षतिपूर्तिको रूपमा २५ करोड ३० लाख युरो (२९.२ करोड अमेरिकी डलर) भन्दा बढी तिर्न आदेश दिएको थियो।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार भन्नुभयो, “हामी युरोपेली अदालतको जर्जियालाई क्षतिपूर्ति दिनेसम्बन्धी निर्णयको पालना गर्दैनौं ।”
मस्कोले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली परिषद्बाट बाहिरिएको थियो, तर अदालतले यसअघि गरेको उल्लङ्घनका लागि यो उत्तरदायी रहेको बताएको छ।

अझै पनि युरोपको परिषद्को सदस्य रहेको मस्कोले यूरोपेली मानवअधिकार सन्धिको निर्णयहरूलाई बारम्बार बेवास्ता गरेको छ। जर्जियाले सन् २००८ को युद्धपछि औपचारिक रूपमा रुससँगको कूटनीतिक सम्बन्ध तोडेको थियो, तर हालैका वर्षहरूमा सम्बन्ध सुधारका लागि अनौपचारिक कदम चालेको छ ।

बुधबार जरिवाना नतिरेको प्रश्नमा पेस्कोभले यो ‘छुट्टै विषय’ भएको बताउनुभयो । मस्कोले अब्खाजिया र दक्षिण ओसेटियाको टुक्रिएको जर्जियाली क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिन्छ भने विश्वका अधिकांश भागहरूले उनीहरूलाई जर्जियाली क्षेत्रको रूपमा मान्यता दिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *