जेनजीको नाममा ‘थर्काउने’ शाहीसँग असईको परिचयपत्र


काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई ‘थर्काउँदै’ हिंड्ने अर्जुनबहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ । असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षकको परिजानकारी दिए । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो । उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका–२ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ । रोजन थापामगरसहितका युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।
रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउँछु भनेर उनले खाली चेक लिएका हुन् । प्रतिव्यक्ति १२ लाख लाग्छ भनेर उनले चेक लिएको पीडितहरूको भनाइ छ । पीडितहरूले सो चेकमा रकम भरेर बाउन्स गरेको भन्दै शाही विरुद्ध काठमाडौँ प्रहरीमा उजुरी गरेका छन् । शाहीले जापान पठाउँछु भनेर पनि ठगी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीलत निवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएको फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।