चीनद्वारा पाकिस्तानको ‘रिमोट सेन्सिङ्ग उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण


चीनले आइतबार तीनवटा रिमोट सेन्सिङ्ग उपग्रहसहित ‘लिजियान–१ वाई८’ नामक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।‘लिजियान–१ वाई८’ चीनद्वारा विकास गरिएको एक व्यावसायिक प्रक्षेपण रकेट हो, जसको प्रयोग उपग्रहहरूलाई पृथ्वीको कक्षमा पठाउन गरिन्छ ।
यो रकेट चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको एक व्यावसायिक अन्तरिक्ष प्रक्षेपण क्षेत्रबाट बिहान ११ः३३ बजे (बेइजिङ समय अनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले तीनै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा पु¥याएको छ ।
‘रिमोट सेन्सिङ्ग उपग्रह’ त्यस्तो उपग्रह हो, जुन पृथ्वीको सतहको बारेमा जानकारी सङ्कलन गर्नका लागि पृथ्वीबाट टाढा अन्तरिक्षबाट काम गर्छ । यसले विभिन्न प्रकारका क्यामेरा र सेन्सरको प्रयोग गरेर भू–भाग, मौसम, जङ्गल, समुद्र र अन्य गतिविधिहरूको निगरानी गर्छ ।
प्रक्षेपण गरिएका तीन उपग्रहहरूमा पाकिस्तानको रिमोट सेन्सिङ उपग्रह (पआिरएसएस–२) तथा एआईआर–०३ र एआईआर–०४ उपग्रहहरू रहेका छन् ।