दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी

समाचार

काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुको पर्व दीपावली मनाउन जनकपुरधाममा भव्य तयारी गरिएको छ ।
धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी दिपावली मनाउन भव्य तयारी गरिएको हो । दीपावलीलाई मध्यनजर गरी जनकपुरधामलाई बेहुलीझैँ सजाइएको छ ।
जनकपुरधाम बजारमा चहल पहल समेत बढेको छ । केराको बोट, हरियो पात र फुलमालाले सुनरपट्टी लगायतका क्षेत्र झकिझकाउ पारिँदैछ । मिष्ठान भण्डारहरुमा प्रसादका लागि मिस्ठान किन्नेहरुको भीड लागेको छ । दिपावली सामान्य व्यक्ति भन्दा पनि उद्योगी व्यवसायीहरुले बिशेष तमझामका साथ मनाइरहेको देखिएको छ ।
व्यापारीहरु आ–आफ्ना व्यापारिक प्रतिष्ठानहरुलाई सजाएका छन् । यता जनकपुरधाम उपमहानगरपालिकाले पनि दिपवालीको पूर्वसन्ध्यामा नगर सरसफाई गरिएको थियो । त्यस्तै विद्युतीय पोलहरुमा नयाँ बल्वहरु समेत जडान गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको