`

विश्व विद्यालयको कुलपति प्रधानमन्त्री हुनु हुँदैन : मन्त्री पुन

Nepal One HD ३ कार्तिक २०८२ १४:५३
प्रमुख खबर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । आज (सोमबार) मन्त्रालयका पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको जानकारी दिए । ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ । मस्यौदा बनाउनेछ ।’

उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनु पर्ने बताएका छन् । ‘कुलपति प्रधानमन्त्री हुने चलन छ । अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ । छलफल हुँदैछ,’ उनले भने । उनले आफूले थालेका कामबारे जानकारी दिएका हुन् । पुन असोज ६ गते मन्त्री नियुक्ति भएका थिए ।

‘प्रधानाध्यापक चयनमा राजनीतिकरण रोक्न कार्यविधि बनाउँदैछौं’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालयका प्रधानाध्याकप चयनमा हुने गरेको राजनीतिकरण रोक्न मन्त्रालयले कार्यविधि बनाउन लागेको बताएका छन् । ‘हेडमास्टर चयन गर्ने पनि राजनीतिकरण भएर अयोग्य व्यक्ति हेडमास्टर बन्ने जथाभावी भएको देखेको हुनाले हेडमास्टर छान्नका लागि स्थानीय तहलाई एउटा निर्देशिका (कार्यविधि) बनाएर पठाउने भन्ने छ,’ उनले भने, ‘त्यो कार्यविधि बन्दै छ ।’

त्यस्तै पाठ्यक्रम परिवर्तन गर्नुपर्ने सुझाव धेरैको आएको भन्दै त्यसमा पनि काम थालिएको मन्त्री पुनले बताए । ‘पाठ्यक्रम धेरै पुरानो भयो भन्ने गुनासो आएको हुनाले हामीले पाठ्यक्रम विकास केन्द्रमा नै गएर पाठ्यक्रम कसरी बनाउने भनेर उनीहरुलाई काममा लगाइसकेको छ,’ उनले भने, ‘खासगरी पाठ्यक्रममा नैतिक शिक्षालाई राख्नुपर्ने भन्ने माग छ । पूर्व व्यवसायिक, इतिहासका कुरा राख्नुपर्छ भन्ने छ । संविधानका कुरा राख्ने भन्ने छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *