`

नितु र बाबुल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलासा

Nepal One HD ७ कार्तिक २०८२ १७:११
मनोरञ्जन

काठमाडौँ ।  गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । अनामनगरस्थित स्टुडियोमा केही दिनअघि आत्मदाह प्रयास गरेकी नितुको शुक्रबार बिहान उपचारको क्रममा कृर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ ।

बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश मानिसहरु जानकार जस्तै थिए ।

सुरु-सुरुमा नितुको प्रेममा बाबुल मोहितजस्तै थिए । नितुसँगको एकोहोरो प्रेममा बाबुल परेको र उनलाई पछ्याउने गरेको निकट स्रोत बताएको छ । केही समयपछि यी दुईजनाको दुईतर्फी प्रेम मौलायो र नितुले पनि बाबुललाई प्रेम गर्न थालिन् ।

अनामनगर सामुदायिक प्रहरीको पछाडि पट्टी डेरा लिएर बस्दै आएकी नितु र बाबुलको सम्बन्ध निकै घनिष्ट थियो । स्रोतका अनुसार, उनी नितुको कोठामा बस्ने, आउनेजाने पनि गर्थे । भने सांगीतिक सहकार्य पनि गरिहेका थिए । धेरै चर्चित नभएपनि लो-प्रोफाइलमा रहेर नितुले एक दशकभन्दा लामो समयदेखि सांगीतिक करिअरलाई अघि बढाईरहेकी थिईन् ।

तर केही वर्षयता विवाहलाई लिएर दुईजनाबीच खटपट चल्न थालेको थियो । बाबुलसँगको गहिरो प्रेममा परेकी नितुलाई परिवारले अमेरिका–अस्ट्रेलिया बस्ने केटासँग विवाहको प्रस्ताव पनि ल्याएका थिए । तर, नितुले बाबुलसँग बाहेक अरुसँग विवाह नगर्ने अडान लिएकी थिईन् ।

उमेरले ३० वर्ष पुग्न लागेकी नितुलाई परिवारले विवाहको लागि दबाब दिन थालेपछि उनले बाबुललाई चाँडो विवाह गर्न दबाब दिइरहेकी थिइन् । स्रोतका अनुसार ७–८ महिनायता बाबुलले विवाह टार्दै आएका थिए । ६ महिनायता त उनीहरूबीच विवाहलाई लिएर झगडा हुँदै आएको थियो ।

विवाहलाई लिएर दिनहुँ झगडा हुन थालेपछि बाबुलले नितुसँग विवाह नगर्ने सम्म बताउन थालेको स्रोतले बताएको छ । ‘त्यसपछिका महिनामा नितुमा डिप्रेसनको समस्या देखिन थालेको थियो । निकट स्रोतका अनुसार टोलाउने, एकोहोरिने समस्या नितुमा देखा पर्न थालेको थियो । मुख्यतः विवाहको लागि नितुले दबाब दिएर र त्यसलाई बाबुलले टार्ने प्रयास हुँदा झगडा निम्तिएको देखिन्छ । बाबुल पछिल्लो समयका चर्चित संगीतकार तथा पाश्र्वगायक हुन् । गायिका पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरेका छन् । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकि थिईन्। यता, गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले बाबुल विरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दिएका छन् । मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *