`

नितु पौडेल आत्मदाह प्रकरणमा गायक बाबुल गिरी पक्राउ

Nepal One HD ७ कार्तिक २०८२ १८:५२
बिशेष

काठमाडौं । गायक तथा संगितकार बाबुल गिरी पक्राउ परेका छन् । आत्महत्या दुरूत्साहन मुद्दामा आज प्रहरीले उनलाई पक्राउ गरेको हो । गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको थियो ।

गत शनिबार गायिका पौडेल अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको थियो ।

गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *