`

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

Nepal One HD १२ कार्तिक २०८२ १९:१९
समाज

मनाङ। सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो ।

सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको प्रयास खुलाउन सफल भएको हो । सडकमा रहेको हिउँ फालिएपछि आजदेखि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “३० किलोमिटर चामे–खाङ्सार सडक खुलाएर सहज बनाइएको छ । मनाङका विभिन्न स्थानमा हिउँले सडक अवरुद्ध भएकामा हटाउन सकिएको छ ।” बाटोमा फसेका पर्यटकको उद्धार गर्दै सडक सञ्चालन गर्न सफल भएको उहाँले बताउनुभयो ।

तीन वटा एस्काभेटरका साथै सुरक्षाकर्मीको सहयोगमा हिउँ फालेर सडक सञ्चालनमा आएसँगै मनाङ आउने–जाने स्थानीय र पर्यटकलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिनुभयो । जिल्ला प्रशासनले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *