`

मैत्रीपूर्ण खेलमा भारतलाई नेपालले हरायो

Nepal One HD १२ कार्तिक २०८२ १९:४३
खेलकुद

काठमाडौं । मैत्रिपूर्ण खेलमा भारतलाई नेपालले हराएको छ । आज सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालामा भएको खेलमा नेपालले भारतलाई ३ का विरुद्ध ० गोल अन्तरले हराएको हो ।

टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेकी थिइन् । खेलमा कप्तान अनिता बस्नेतबाहेक ३ खेलाडीले गोल गरे । उक्त खेलमा सविता राना मगर, रश्मिकुमारी घिसिङ र अन्तिममा निशा थोकर गोल गरेका हुन् ।

त्यसअघि खेल १–१ ले बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुबै टोलीले गोल गरेनन् र बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *