श्रीलङ्कामा वन तथा वन्यजन्तु संरक्षणको लागि “वाना सुराकुमा”कार्यक्रम सुरु
विश्व
कोलम्बो । श्रीलङ्काले सोमबार देखि देशको प्राकृतिक वन र वन्यजन्तु स्रोतको संरक्षण गर्न वातावरण मन्त्रालय अन्तर्गत “वाना सुराकुमा”नामक एकीकृत परिचालन कार्यक्रम सुरु गरेको छ ।
मन्त्रालयले “वाना सुराकुमा” कार्यक्रमको मुख्य उद्देश्य वातावरणीय अपराधको रोकथाम गर्दै वन र वन्यजन्तु संरक्षण सञ्चालनलाई अझ प्रभावकारी बनाउनु रहेको बताएको छ । कार्यक्रमले वन्यजन्तु संरक्षण विभाग, वन संरक्षण विभाग, प्रहरीलाई एक ढिक्का गरी देश भरि वनसँग सम्बन्धित अपराधका लागि समन्वय र द्रुत नियन्त्रण प्रतिक्रियालाई सुदृढ पार्ने जनाइएको छ ।
कार्यक्तम २४ सै घण्टाको हटलाइन सेवा सर्ट कोड-१९९५ मार्फत सञ्चालन गरी जनतालाई वन विनाश र वातावरणीय क्षतिको घटनाको रिपोर्ट गर्न सक्षम बनाउँने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
