`

निर्वाचनबारे निर्णय अधिवेशनले गर्छः लोसपा अध्यक्ष ठाकुर

Nepal One HD १७ कार्तिक २०८२ १९:२६
प्रमुख खबर

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने निर्णय नभएको बताउनुभयो ।

विद्यापति स्मृति पर्वका अवसरमा आज जनकपुरधाममा आयोजित समारोहमा विद्यापतिको योगदान, महत्व तथा गरिमाको चर्चा गर्नुभयो । सो अवसरमा कविता वाचनसमेत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *