कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु
 					काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । बानेश्वरमा केही बेरअघिबाट भेला सुरु भएको हो । आफूहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर महाधिवेशन माग गर्दा समेत पार्टी नेतृत्वले अटेर गरेको भन्दै दबाब दिन भन्दै आज भेला राखेको हो ।
कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ । थप निर्णयका लागि आज केन्द्रीय समिति बैठक बस्दै छ । महामन्त्री थापा र शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ । विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए । भेलामा महामन्त्री थापा पक्षधर केन्द्रीय सदस्यहरू समेत सहभागी छन् ।
