`

कुखुराको आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णयको ब्राजिलद्वारा स्वागत

Nepal One HD २२ कार्तिक २०८२ ८:१०
विश्व

कुखुराको मासुको विश्वको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक ब्राजिलले यस वर्षको सुरुमा बर्ड फ्लूको प्रकोपपछि उत्पादनको आयातमा इयू र चीनमा लागेको प्रतिबन्ध हटाउने इयू र चीनको कदमको शुक्रबार स्वागत गरेको छ।

प्रकोप पछि मे महिनामा चीन र युरोपेली सङ्घ (इयू)ले ब्राजिलबाट कुखुराको मासुको आयात स्थगित गरेको थिए।ब्राजिलले जुनमा बर्ड फ्लू मुक्त भएको र निर्यात पुनः सुरु गर्ने बताएको थियो।“बिस्तारै, कुखुराको मासुका सबै प्रमुख आयातकर्ताहरूले खरिद पुनः सुरु गरेका छन्,” ‘ब्राजिलियन एनिमल प्रोटिन एसोसिएसन (एबिपिए)’ ले शुक्रबार आफ्नो वेबसाइटमा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हालै, युरोपेली सङ्घले ब्राजिलबाट कुखुरा ढुवानी पुनः सुरु गर्ने घोषणा गरेको थियो भने चीनले शुक्रबारदेखि प्रतिवन्ध फुकुवा गरेको छ।” एबिपिएले निर्यात पुनः सुरु गर्न ब्राजिल सरकारले ‘व्यापक र तीव्र कूटनीतिक प्रयास’ गरेको बताएको छ।निलम्बन अघि चीन ब्राजिलबाट कुखुराको मासुको सबैभन्दा ठूलो आयातकर्ता थियो।

एबिपिएका अनु्सार जनवरीदेखि मे महिनाको बीचमा चीनले दुई लाख २६ हजार २०० टन कुखुराको मासु आयात गरेको थियो । यसबाट ब्राजिलले ५४ करोड ५० लाख ८० हजार अमेरिकी डलर राजस्व आर्जन गरेको थियो । हालैका वर्षहरूमा ‘एभियन फ्लू’ विश्वव्यापी रूपमा फैलिएको र केही मानव मृत्युसमेत भएको छ, जसले गर्दा कुखुराको मासुको मात्राको प्रयोगमा व्यापक कटौती भएको छ भने अण्डाको मूल्य बढेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसहरूमा सङ्क्रमणले उच्च मृत्युदरको साथ गम्भीर रोग निम्त्याउन सक्छ, तर भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने देखिँदैन।अहिलेसम्म पत्ता लागेका मानव सङ्क्रमण प्रायः सङ्क्रमित चरा र अन्य जनावर वा दूषित वातावरणसँग नजिकको सम्पर्क भएका मानिसहरूमा थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *