`

बालेनलाई ईः ईः को प्रश्न : सुकुम्बासी समस्यालाई सक्काउने कि सुकुम्बासीलाई नै सक्काउने ?

Nepal One HD २३ कार्तिक २०८२ १५:१९
समाचार

काठमाडौं । सामाजिक अभियन्ता ईः ईः ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारीबारे गम्भीर प्रश्न उठाएका छन् । उनले सोधेका छन्, ‘सुकुम्बासी समस्यालाई सक्काउने कि सुकुम्बासीलाई नै सक्काउने ? गरीबी समाप्त गर्ने कि गरीबलाई नै समाप्त गर्ने, विदेश भगाउने ?’

उनका अनुसार अहिले सरकार र स्थानीय निकायले सुकुम्बासी व्यवस्थापनको नाममा अपनाउन खोजिएको बलपूर्वक नीति मानवता र सामाजिक न्यायविपरीत छ । ईः ईः ले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर मात्र निष्पक्ष व्यवस्थापन सम्भव छ । विस्थापन होइन, मानवतालाई केन्द्रमा राखेर समस्या समाधान गर्नुपर्छ ।’

उनले जोड दिए, काठमाडौंमा स्थापित मानक स्वतः देशभर लागू हुने भएकाले यहाँका निर्णयहरूमा न्यायिक दृष्टिकोण अत्यन्तै जरुरी छ । ‘सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम हुन्छ’, उनले लेखे ।
उनले चेतावनी दिँदै भनेका छ, ‘सरकारको अति’ विरुद्ध उठेको आन्दोलनको बलले सिर्जना गरेको परिवेशमा सीमान्तकृत समुदायमाथि अन्याय गरिए त्यो बलिदान दिएकाहरू प्रतिनै अन्याय हुनेछ ।

राजनीतिक रूपले जटिल र चुनाव उन्मुख वातावरणमा सुरक्षास्थिति खलबलाउने कार्यलाई कुनै पनि विवेकशील नागरिकले समर्थन गर्न नसक्ने भन्दै उनले शान्त, न्यायसम्मत र मानवीय समाधानको पक्षमा आवाज उठाएका छन् । ईः ईः का अनुसार, ‘न्याय, समता र लोकतान्त्रिक मूल्यमा अडिएर मात्रै सुकुम्बासी समस्या समाधान हुन सक्छ, बलपूर्वक हटाइले होइन ।’

हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर विस्थापन नभई मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंमा स्थापित मानक स्वतः देशैभरी स्थापित हुने यथार्थले गर्दा नै यहाँ जे हुन्छ त्यसमा न्यायिक दृष्टिकोण स्थापित गर्न महत्वपूर्ण छ । सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम हुन्छ ।’ ईः ईः ले ‘सरकारको अति’ विरुद्ध उठेको आन्दोलनको बलले सिर्जना गरेको परिवेशमा समाजका सीमान्तकृत तप्कामाथि अन्याय गरिए बलिदान दिएकाहरू प्रति अन्याय हुने बताएका छन् ।

हेर्नुस् उनको स्टाटस

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *