`

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित, अब मङ्सिर १ गते बस्ने

Nepal One HD २९ कार्तिक २०८२ ७:३६
नेपाली कांग्रेस

पाटन (ललितपुर) – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *