नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी
खेलकुद
इन्डोनेसिया, १६ मङ्सिरः नेपाली राष्ट्रिय महिला फुटबल टोली र चाइनिज ताइपेबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा खेल बराबरीमा सकिएको छ ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज निकै प्रतिस्पर्धाक बनेको खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
यस त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । फिफा महिला फुटबलको वरियतामा नेपाल ८९ औँ स्थानमा रहँदा चाइनिज ताइपे भने ४२ औँ स्थानमा छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
