`

फेरि पनि ओली नै अध्यक्ष हुनुहुन्छ, लेखेर राख्नुस् : विष्णु रिमाल

Nepal One HD १८ मंसिर २०८२ १४:५६
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन् । उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।

उनले भने, ‘टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहीँ ठहर नै हो । साथीहरुले लेखेरै राख्नु भए पनि हुन्छ । छाप्नु भए पनि हुन्छ, बजाए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ ? भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाइन्न । पूरै नम्बर आउँछ । त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ ।’ उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमति नै हुने अवस्था रहेको तर्क समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *