मधेशमा कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति
प्रमुख खबर
काठमाडौं । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव प्रस्ताव भएका छन् । सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारीदिएका छन् । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए । सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
