संसद् पुनःस्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च
नेपाली कांग्रेस
काठमाडौं । संसद् पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । कांग्रेस पूर्व प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेस पनि संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च गएको हो ।
“प्रमुख सचेतक र सचेतकको हस्ताक्षर लिएर हामी सर्वोच्च गएका हौँ,” उनले भने । उनका अनुसार पूर्वमहान्यायाधीवक्ता खम्म खातीलाई वारेसमार्फत् पठाइएको छ । “हामीले उहाँलाई वारेसमार्फत् पठाएका हौँ,” उनले भने ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवधौनिक भनेको थियो। यसअघि नेकपा (एमाले)ले पनि प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
