`

खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन र निमीशा प्रथम

Nepal One HD २३ मंसिर २०८२ १८:४१
खेलकुद

काठमाडौँ । नेपालमै पहिलो पटक आयोजना गरिएको खुला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथनमा साम्देन गेल्बु शेर्पा र निमीशा पाख्रिन प्रथम भएका छन् ।काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका देखि सुन्दरी जल, आलापोट चोक हुँदै गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा भएको स्केट मिनी म्याराथनमा पुरुष तर्फ साम्देन र महिला तर्फ निमीशा प्रथम भएका हुन् ।

प्रतियोगितामा पुरुष तर्फ अनिश गुरुङ द्वितीय र सफल थापा तृतीय भएका छन् । महिलातर्फ मोनिका मगर द्वितीय र सिवानी रेग्मी तृतीय भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको विशेष आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेतालाई ५० हजार, ३० हजार र १५ हजारको साथमा ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिता नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त रूपमा शनिवार आयोजना गरेको हो । प्रतियोगितामा नेपाल, भारत, मलेसिया र दुबई लगायतका देशहरूबाट सहभागी स्केटरहरु झन्डै एक सय भन्दा बढी रहेका थिए । भारतबाट फरक क्षमता भएका पाँच जना दृष्टिविहीनले समेत सहभागिता जनाएका थिए । नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा देश भित्र र बाहिरका उत्साहजनक सहभागिताले कार्यक्रम ऐतिहासिक बनेको द स्केटल्याण्डका सञ्चालक अब्राहम कुलुङ राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *