`

ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौं : सुरेन्द्र पाण्डे

Nepal One HD २६ मंसिर २०८२ १४:३०
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरुले चाहेको बताएका छन् । ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरुलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरुले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताएका हुन् ।

उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपार्टी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क समेत गरे । उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गरे ।
उनले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुर्क्याै । हामी यसको विपक्षमा छौ । कार्यकर्ता आफैले हरेक फिल्ड नेता, कार्यकर्ता आफैले आफ्नो नेता आफै मूल्यांकन गरेर छान्ने पद्धति र सामूहिक ढंगले पार्टीलाई लिएर जाने पद्धति हामी स्थापित गरौै । यो परिपाटीलाई हामीले पार्टीको आधारभुत परिपाटीको रुपमा विकास ग¥यौँ भने यो पार्टीलाई कसैले छुन सक्दैन । कसैले हल्लाउन सक्दैन । यही लडाई यो महाधिवेशनको लडाईँ हो । यो लडाईमा हामी जित्न सकौ । जित्ने गरी अगाडि बढौं ।’ उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्ति समेत जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *