`

एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

Nepal One HD २६ मंसिर २०८२ २०:४८
खेलकुद

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । बोल्ट्सले आज यहाँ पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो ।

पहिलो संस्करणको विजेता जनकपुर जारी सिजनमा भने प्लेअफमा नपुग्दै खेलबाट बाहिरियो । जनकपुरका व्यवस्थापकीय निर्देशक उत्सव सिग्देलले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गर्ने जानकारी दिनुभयो । घोषणा कार्यक्रममा दोस्रो सिजनको एनपिएलमा मुख्य प्रशिक्षक रहेका शिवनाराइन चन्द्रपलको उपस्थिति थियो ।

जनकपुरले प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *