`

टी-२० विश्वकप छनोटको तयारीमा रहेको महिला क्रिकेट टिममा विदेशी प्रशिक्षक

Nepal One HD १ पुष २०८२ १२:२८
खेलकुद

टी-२० विश्वकप खेल्न लागेको राष्ट्रिय महिला क्रिकेट टोलिले विदेशी कोच पाएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले भारतका हर्षल पाठकलाई प्रमुख प्रशिक्षकमा ‍नियुक्त गरेको हो ।

यसअघि थाइल्याण्डको महिला टोलीको प्रमुख प्रशिक्षक पाठकलाई नियुक्त गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । पाठकले थाई महिला टोलीलाई टी-२० विश्वकपमा पुर्‍याएका थिए ।

नेपाली महिला टोलीका लागि विदेशी प्रशिक्षक ल्याउनु पर्ने माग खेलाडीहरूले नै गरिरहेका थिए । पहिलो पटक टी-२० विश्वकप छनोटमा पुगेपछि क्यानले विदेशी प्रशिक्षकको खोजि थालेको थियो ।

२०२६को जुन-जुलाईमा ईंग्ल्याण्डमा हुने विश्वकपको ग्लोबल छनोट प्रतियोगिता जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ। घरेलु मैदानमा हुने यो प्रतियोगितालाई लक्षित गर्दै क्यानले अनुभवि विदेशी प्रशिक्षक भित्र्याएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *