`

रुसको सम्पत्तिबारे जबरजस्ती गर्न नसकिने इटालीको भनाइ

Nepal One HD ३ पुष २०८२ ५:५३
विश्व

रोक्का गरिएकोरूसी सम्पत्ति प्रयोग गरेर युक्रेनलाई आर्थिक सहयोग गर्ने कुरामा ‘जबरजस्ती गर्न नमिल्ने’ बताउनु भएको छ। इयूको योजनाबारे आफ्नो धारणा राख्ने क्रममा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बुधबार ब्रसेल्समा उक्त भनाइ राख्नुभएको हो ।

“यी जटिल निर्णयहरू हुन् जसलाई जबरजस्ती गर्न सकिदैन,” मेलोनीले बिहीबार र शुक्रबार युरोपेली परिषद्को बैठक अघि युरोपेली संसदुमा सम्बोधनका क्रममा भन्नुभयो ।

“रूसले आक्रमण गरेको राष्ट्रको पुनर्निर्माणको लागि सबैभन्दा पहिले पैसा तिर्नु पर्छ, तर यो परिणाम ठोस कानुनी आधारमा प्राप्त हुनुपर्दछ भन्ने इटालीले स्पष्ट धारणा रहेको छ,” उहाँले थप्नुभयो ।

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी दुई वर्षमा किएभलाई ९० अर्ब युरो ऋण प्रदान गर्न रुसी केन्द्रीय बैङ्कको फ्रिज सम्पत्ति प्रयोग गर्ने योजनालाई अघि बढाइरहनुभएको छ ।

यो योजनाले बेल्जियमविरूद्ध रूसी प्रतिशोधको लागि खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ तर अन्य इयू देशहरूबाट भने रोक्का रकम युक्रेनलाई षतिप्रर्ति बापत् दिलाइनुपर्ने बताउँदै आएका छन् । यद्यपि, इयूके कतिपय मुलुकहरूले भने कानुनी र वित्तीय दायित्वहरू साझा गर्ने वैकल्पिक ठोस सुनिश्चिततामा जोड दिइरहेका छन् ।

शिखर सम्मेलनमा सम्भावित विवादमा बेल्जियम सरकारलाई आश्वस्त पार्ने प्रयासहरूमा अहिलेसम्म अन्तिम निर्णय भने हुन सकेको छैन ।

सिद्धान्ततः इयूका अन्य नेताहरूले बेल्जियमलाई दवाव दिनसक्छन् र भारी बहुमतका साथ पहललाई अगाडि बढाउन सक्छन् । मेलोनीले भन्नुभयो, “इटालीले यस योजनाको लागि आफ्नो समर्थन दिएको छ ‘यद्यपि हामी प्रयोग गरिएको विधिसँग सहमत छैनौँ।”

उहाँले ‘सम्पत्तिको स्थिरीकरणबाट उत्पन्न तरलताको प्रस्तावित प्रयोगसँग सम्बन्धित प्रतिष्ठा, प्रतिशोध वा राष्ट्रिय बजेटमा नयाँ र व्यापक भारी बोझसँग सम्बन्धित सम्भावित जोखिमहरूको बारेमा स्पष्टता’ को लागि आह्वान गर्नुभयो ।

रूसले गत हप्ता आफ्नो केन्द्रीय बैङ्कमार्फत् बेल्जियममा रोक्का गरिएको सम्पत्ति रोखेको ‘यूरोक्लियर’ वित्तीय समूहलाई मुद्दा दायर गरिरहेको बताएको थियो ।
मेलोनीले भन्नुभयो, “अन्य साझेदार राष्ट्रहरू अर्थात् बेल्जियमले पनि आ–आफ्नो वित्तीय प्रणालीमा सम्पत्ति रोक्का गर्नेे रूसी सार्वभौम सम्पत्तिको एकल धारकमा ध्यान केन्द्रित गर्नु अदूरदर्शी हुनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *