तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रमुख खबर
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृह सचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ । आयोगले उक्त निर्णय सोमबार गरेको हो । पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व आइजिपी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो ।
यसअघि तीन जनामाथि आयोगले विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाडन नपाउने भनेर कात्तिक २७ गते निर्णय गरेको थियो । आयोगले उनीहरूको बयान लिइसकेको छ। बयान लिएपछि स्थान हद फुकुवा गरेको हो । अब आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ । बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको छ । त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने आयोगले तयारी गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
