जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
खेलकुद
काठमाडौँ – जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौँ खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कास्य गरी ११ पदक जितेका छन् ।
पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुखसमेत रहेका टोली प्रमुख राजेश प्रजापतिले जानकारी दिए । गेरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापामगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कास्य हात पारे ।
उक्त प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत रञ्जित र सञ्जयध्वज जोशी अफिसियलका रुपमा सहभागी भएका थिए । प्रतियोगिता भारतको कोलकातास्थित विश्व बङ्गला कन्भेन्सन सेन्टरमा यही पुस ६ देखि ८ गतेसम्म भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
