नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सको आज पहिलो खेल
खेलकुद
काठमाडौं । बङ्गलादेश प्रिमियर लिगमा सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज आफ्नो पहिलो खेल खेल्दैछ ।
राजशाही वारियर्सले सिलेट टाइटन्ससँग प्रतिस्पर्धा गर्ने उक्त खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । आज हुने उक्त पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।
यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेललाई थप रोचक बनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
