राप्रपा अध्यक्ष लिङदेन र मन्त्री खरेलबिच भेटवार्ता
राजनीति
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।
बुधबार लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
मन्त्री खरेलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको अध्यक्ष लिङ्देनले बताएका छन् ।
निर्वाचनको वातावरण निर्माणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
