प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
खेलकुद
कञ्चनपुर। कञ्चनपुर प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो ।क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष विरेन्द्रबहादुर चन्दले छनौटका लागि ६० जना खेलाडीले नाम दर्ता गराएका र त्यसकै आधारमा चार वटा टोली बनाएर प्रतियोगिता सुरु गरिएको जानकारी दिनुभयो ।
५० ओभरको खेलमा चार टोलीले छ वटा लिग खेल खेल्नेछन् । यही प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फागुनमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा कञ्चनपुर जिल्लाको टीम तयार गरिने अध्यक्ष चन्दले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
