`

नेपाल प्रहरीका आठ डीआईजीको सरुवा, कसको कहाँ ?

Nepal One HD ५ माघ २०८२ ८:५६
बिशेष

काठमाडौँ । नेपाल प्रहरीका ८ प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएका छन् । यस्तै कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

यस्तै गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा, अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा र प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा र कर्णाली प्रदेश प्रहरीका माधव प्रसाद श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएका छन् । यस्तै लुम्बिनी प्रदेश प्रहरीका राजेन्द्र भट्ट अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *