`

एन्फा फुटबलः नवजनजागृति क्लबलाई पराजित गर्दै लालीगुराँस विजयी

Nepal One HD ५ माघ २०८२ २०:२८
खेलकुद

काठमाडौँ। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा लालीगुँरास एसोसिएसन क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा लालीगुँरासले नवजनजागृति क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

लालीगुँरासको जितमा आशिष गुरुङले दुई, अब्दुल युसुफ र अकोएटे जुनियरले एक–एक गोल गरे । नवजनजागृतिका लागि उमेश सञ्जेलले गरेको गोल सान्त्वना बन्यो ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सातदोबाटो युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भयो ।

एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे । यस्तै एक गोल टिमोथे एकिरिकेको नाममा रह्यो । सातदोबाटोको लागि फोडे फोफानाले एक गोल फर्काएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *